चीन, रुस र बेलायतमा बनेका कोरोना भ्याक्सिनको नेपालमा क्लिनिकल ट्रायल गर्ने तयारी

काठमाडौँ – नेपालमा चीन, रुस र बेलायतमा बनेका कोरोना भाइरसबिरुद्धको खोपको क्लिनिकल ट्रायल गरिने भएको छ। चीनमा बनाइएको भ्याक्सिन १ हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको उनले बताए।

सदस्यसचिव ज्ञवालीले रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको बताए।

त्यसमध्ये चिनको होङसी कम्पनीले निर्माण गरेको भ्याक्सिन एक हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको उनले बताए।

प्रकाशित मिति: : 2020-08-25 14:38:04

प्रतिकृया दिनुहोस्