विसंगति र विद्रोहका आवाज

काठमाडौं । नीर शाहको अभिनय क्षमताबाट सबै परिचित छन् । उनको अभिनयले सजिएका चलचित्रहरू बितेका पचास वर्षदेखि नेपाली दर्शकले हेर्दै आएका छन् । उनी नेपालका सुप्रसिद्ध अभिनेता हुन् भने कतिपय नेपाली सिनेमामा उनको नायकत्व आज पनि आज पनि स्मरणीय छ । 

प्रारम्भमा रंगकर्मसँग जोडिएका नीर शाह नेपाली चलचित्रको विकाससँगै उदाए । र चम्किए । तर नाट्यकर्मी/चलचित्रकर्मी शाह बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय रहे । अभिनेता नीर शाहका अनुसार, नाट्य विधामा अत्यधिक रुचि भएकै कारण साहित्य पनि उनको भावनासँगै जोडिएर आएको हो । सानो हुँदा नै कवितामा उनको विशेष आकर्षण रह्यो ।

बाल्यकालमा उनले जेजस्ता साहित्य पढे, त्यसको प्रभाव उनीमा परेको हो । केही दिनअघि टेलिफोन वार्ताका क्रममा चर्चित गीतकार नीर शाह भन्दै थिए, “सानो छँदै मलाई मेरी आमाले ‘रामायण’ र ‘महाभारत’का कथाको किताब पढ्न दिनुभएको थियो । त्यहाँ अनेक पात्र र चरित्र बोकेका कथाहरू छन् । ती सम्पूर्ण चरित्रहरूको एक किसिमको प्रभाव ममाथि पर्न गएको हुनसक्छ । जसले मलाई नाट्य/संगीतका साथै काव्य रचनाका लागि अभिप्रेरित गर्‍यो ।”

प्रकाशित मिति: : 2020-08-25 12:48:06

प्रतिकृया दिनुहोस्