युएईबाट नेपालीको प्रश्न– रेमिट्यान्सले देश चल्ने, हामी किन नचल्ने ?

अनलाइनखबर

काठमाडौँ

रुपेश अधिकारी

अर्घाखाँची शितगंगा नगरपालिका घर भई दुवईको एक होटलमा काम गर्दै आएका टोपलाल खनाल ६ महिनादेखि स्वदेश फर्किने टिकटको पर्खाइमा थिए । आफैंले टिकट पाउन नसकेपछि कम्पनीले भदौ १ को टिकट काटिदिएको थियो ।

तर नेपाल सरकारले भदौ १५ सम्मका लागि सबै उडान स्थगन गर्ने जनाएपछि उनी जाने फ्लाइट क्यान्सिल भयो । अन्य जहाजमा महँगो रकममा टिकट पाइने जनाउँदै सस्तो मूल्यमा कम्पनीले नै टिकट काटिदिएको थियो ।

भदौ १ को टिकटमा घर जान नपाएएपछि अब उक्त टिकटको पैसा फिर्ता आउने–नआउने निश्चित नभएको र पुनः ःटिकटका लागि कम्पनीले सहयोग गर्ने हो कि होइन भन्ने चिन्ता टोपलाललाई छ ।

प्रकाशित मिति: : 2020-08-25 07:43:58

प्रतिकृया दिनुहोस्