किलोको १२ रुपैयाँमा नबिकेको गोलभेडाको भाउ कसरी पुग्यो १०० ?

अनलाइनखबर

काठमाडौँ

नवीन ढुंगाना

पाँचखाल, काभ्रेका कृषक गोविन्द रम्तेलले बारीमा फलाएको गोलभेडाको मूल्यले मूल्य पाएन । अघिल्लो वर्ष जेठमा प्रतिकिलो ७२ रुपैयाँमा बेचेको गोलभेडा यो वर्ष लकडाउन कारण १२ रुपैयाँमा बिक्री गर्न नसकेको उनको दुखेसो थियो ।

यसको अघिल्लो साता कञ्चनपुरका किसान भरतबहादुर चौधरीले त प्रतिकिलो एक रुपैयाँ किलोमा लैजानभन्दा पनि गोलभेडा बिक्री नभएका गुनासो गरेका थिए । त्यही कारण किसानले फलाएको हजारौं किलो गोलभेडा बारीमै कुरियो ।

तर त्यसको तीन महिना नबित्दै बजारमा गोलभेडाको भाउ थोकबजारमा प्रतिकिलो ७० रुपैयाँ हाराहारी पुग्यो ।

कालीमाटी तरकारी बजारमा भदौ ८ गते ठूलो गोलभेडाको प्रतिकिलो मूल्य ६८, सानो गोलभेडा ५५ र टनेलको सानो गोलभेडा ६२ रुपैयाँमा कारोबार भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । तर खुद्रा उपभोक्ता मूल्य त गोलभेडाको भाउ प्रतिकिलो १०० रुपैयाँ हाराहारी पुगेको छ ।

प्रकाशित मिति: : 2020-08-24 19:59:20

प्रतिकृया दिनुहोस्