‘कोरोना संक्रमणभन्दा समाजको डर बढी लाग्न थालेको छ’

डा. सबिन थपलिया

जतिवेल नेपालमा एकदुई जनामात्र कोरोना संक्रमित थिए त्यतिबेला स्वाथ्यकर्मी कोरोनासँग डराउँथे। अस्पताल जान निकै डर लाग्थ्यो। बिरामी जाँच्दा पनि कोरोना सर्ने पो हो की ? भन्ने डर हुन्थ्यो। तर, अहिले भने कोरोनासँग डर कम भएको छ। तर, अहिले स्वास्थ्यकर्मीहरुलाई कोरोनाको भन्दा बढी डर समाजको लाग्न थालेको छ।

नेपालमा कोरोना संक्रमित भेटिन थालेपछि सुरूवाती चरणमा सरकारले चिकित्सकहरुका लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो। तर अहिले त्यो व्यवस्था पनि छैन। काम सकेपछि घर जानुपर्छ। बिरामी जाँच्ने क्रममा मास्क र पीपीईको प्रयोग गरेपनि केही प्रतिशत किटाणु शरीरमा रहिरहन सक्ने सम्भावना हुन्छ। जसका कारण एउटै कोठामा धेरै जना बस्नुपर्ने, भाडामा बस्ने र परिवारमा बच्चा र वृद्ध भएकाहरुलाई अझ बढी समस्या परेको छ।

अहिले स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिएको छ। तर, संक्रमितहरुको निको हुने दर बढेकोले विगतमा जस्तो डर भने छैन। बरु यसरी संक्रमितको सेवामा खटिने स्वास्थ्यकर्मीलाई समाजले दुर्व्यवहार गरिरहेका छन्। यस्ता क्रियाकलापले भने स्वास्थ्यकर्मीको मनोबल घटाएको छ।

सुरुमा भाडामा बस्नेलाई घरवेटीले कोरोना रिपोर्ट नलिई घरमा पस्न नदिनेसम्म गरेका थिए। अहिले त्यस्ता समस्या कम हुँदै गएका छन। तर समाजमा चेतनाको अभाव देखिँदा यस्ता समस्या निर्मुल हुन सकेको छैन। कतिपय मानिसले आफ्नो टोलको एक व्यक्तिमा कोरोना सक्रमण पुष्टि हुने बित्तिकै सबैमा सर्छ भन्ने सोच पालेर बसेका छन्। यो किसिमको नकारात्मक सोच समाजमा स्थापित छ। 

प्रकाशित मिति: : 2020-08-24 14:44:18

प्रतिकृया दिनुहोस्