आउँदो पुस्ताले लोकगीत सुन्‍न पाउला ?

बाह्रखरी

काठमाडौँ

लोकगीतका सर्जक तथा स्रष्टाहरूले लोकगीत–संगीतलाई बचाउन कठिन भएको बताएका छन् । मौलिक लोकगीत–संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्न अहिलेकै अवस्था रहिरहे नसकिने स्वयं लोकगीत–संगीतकै स्रष्टाहरूले बताएका हुन् । 

लोकगायक कुमार बस्नेत, जयनन्द लामा, हरिदेवी कोइराला, अशोक राईलगायत लोकगीत–संगीतका नाममा व्यापार भइरहेको भन्दै अहिलेकै अवस्था रहे आउँदो पुस्ताले वास्तविक लोकगीत सुन्न नपाउने बताउँछन् । 

पछिल्लो दशक लोकगीतका नाममा व्यापार भइरहेको र यो प्रवृत्ति अझै यथावत् रहे आगामी पुस्ताले ठेट लोकगीत के हो भन्ने नै थाहा नपाउने लोक गायक कुमार बस्नेत बताउँछन् ।

“लोकगीत मासिँदै गएको सबैलाई थाहा छ । यस्तै अवस्था रहे भोलिका दिनमा इतिहास मात्रै रहने निश्चित रहेको छर्लङ्ग छ,” कुमार भन्छन्, “सबैलाई वास्तविकता के हो भन्ने थाहा छ भने कसलाई दोष दिने । न यहाँ मैले भनेको कसैले सुन्नेवाला छ, न तपाईंले । प्रधानमन्त्रीको निर्देशन पालना नहुने देश हो यो ।”

कुमार यही अवस्था रहे भोलिका दिनमा विगतको गल्तीलाई सम्झिएर पुर्पुरोमा हात लगाएर बस्नुको विकल्प नहुने बताउँछन् ।

प्रकाशित मिति: : 2020-08-24 13:05:10

प्रतिकृया दिनुहोस्