रासस
केहीदिन अघिमात्रै काभ्रेको धुलीखेलमा कोरोना परीक्षण ल्याब सञ्चालन गरेको बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडासहित तीन स्थानमा कोरोना परीक्षण ल्याब थपगर्ने भएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि यसअघि सञ्चालित ल्याबले धान्न सकैको छैन । दैनिक ९०० भन्दा बढीको परीक्षण गर्न मिल्नेगरी नयाँ ल्याब सञ्चालन गर्ने तयारी थालिएको सरकारले जनाइएको छ ।
सरकारले ९६ प्यानलको तीन वटा पिसिआर मेसिन खरिदगर्न लागेको हो । प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल, सिन्धुली अस्पताल र भक्तपुर अस्पतालका लागि नयाँ पिसिआर मेसिन खरिद गर्न लागिएको प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।
पिसिआर मेसिन खरिद प्रक्रियाका लागि सोमबार नै बोलपत्र आह्वान गरिने उनले बताए । प्रदेश सरकारद्वारा हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित ल्याबलाई समेत निरन्तरता दिइने जनाइएको छ ।
यसैबीच, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धुलिखेलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको परीक्षण ल्याबबाट कोभिड–१९ परीक्षण शुरु भएको बताएका छन् ।
आज सामाजिक सञ्जालमार्फत पौडेलले अब उक्त प्रयोगशाला र धुलिखेल अस्पतालबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेबाट सङ्कलित स्वाब परीक्षण हुने जानकारी दिए ।
पौडेलले हेटौंडासहित जिल्ला अस्पताल सिन्धुली, जिल्ला अस्पताल भक्तपुर र नुवाकोटको त्रिशुली अस्पतालमा प्रयोगशाला निर्माण प्रक्रिया शुरु भैसकेको बताए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया