आईएमई लाइफ इन्स्योरेन्सको सिइओमा कवि फुयाँल नियुक्त

आईएमई. लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँल नियुक्त भएका छन् ।

फुयाँलले आफ्नो करियर बैंकिङ्ग सेवा बाट सुरुवात गरेका थिए ।

पछिल्लो समयमा फुयाँल बिभिन्न बीमा कम्पनीमा उच्च व्यवस्थापकिय पदमा कार्यरत रहि आएका थिए। यसअघि उनी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख बजार अधिकृत थिए । यसअघि उनले सुर्या लाइफ इन्स्योरेन्समा काम गरिसकेका छन् ।

आजै, कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै फुयाँलले आफुसँग रहेको कार्य अनुभबको प्रचुररुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिई जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे।

यसअघिका कम्पनीका सीइओ असार अन्तिम साता श्रीचन्द्र भट्ट ज्योति विकास बैंक गएपछि आईएमई लाइफ सीईओविहिन बनेको थियो ।

प्रकाशित मिति: : 2020-08-23 17:47:42

प्रतिकृया दिनुहोस्