विराटनगरका भिखारी र मजदुरलाई कसले खुवाउँदैछ सित्तैमा खाना?

पहिले लकडाउन भो, अहिले निषेधाज्ञा छ। जनता घरमै छन्। अत्यावश्यक कामका लागि निस्किनेबाहेक सबै थुनिएका छन्।

स्वास्थ्य मन्त्रालयको 'प्रोटोकल' अनुसार संक्रामक रोगबाट बच्ने अन्तिम विकल्प पनि यही नै हो, सकभर घरबाहिर कामबेगर ननिस्किनू।

कोरोना लकडाउन सुरू भयो। सबैतिर बन्द भएपछि मजदुरी गर्नेहरू सडकमा आइपुगे। सडकपेटीमै बस्नेहरूको त झन् न घर छ, न आफन्त न खानेकुरा। पहिले मानिसहरूको आवागमन हुँदा उनीहरू हात फैलाउँथे, पाएको काम गरेर जीविका चलाउँथे।

कसैले इच्छाले दिएको दान (रुपैयाँ)ले मुखमा माड लाग्थ्यो, कमाएको रकमले जे-जस्तो छाक टर्थ्यो। हिजोआज कोरोना संक्रमण बढ्न थालेपछि लकडाउनभन्दा दर्बिलो शैलीमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिरहेको छ।

विराटनगर महानगरपालिकामा पनि शनिबारदेखि निषेधाज्ञा जारी छ।

यस्तोमा अहिले सडकमै बास भएका भिख मागेर खाने दुई सय हाराहारी र अन्य मजदुरहरूको अवस्था के भयो होला? 

प्रकाशित मिति: : 2020-08-23 17:18:32

प्रतिकृया दिनुहोस्