स्वास्थ्यकर्मी नै संक्रमित बन्दै जाँदा भयावह स्वास्थ्य स्थिति आउने खतरा !

कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । काठमाडौं उपत्यका पछिल्लो समय कोरोना संक्रमणको दृष्टिले ‘हटस्पट’ बनेको छ । सरकारले संक्रमितको संख्या बढ्दै गएको अवस्थामा अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको जनाएको छ । कस्ता अस्पतालमा कोभिड–१९ का बिरामीलाई राख्ने र कस्ता अस्पतालमा अन्य रोगका बिरामीको उपचार गर्ने भन्ने स्पष्ट मापदण्ड छैन । आवश्यक परेमा सबैजसो अस्पतालमा कोभिड–१९ का संक्रमितलाई राख्ने गरी सरकारले तयारी गरेको छ । सरकारले आवश्यकताअनुसार जुनसुकै अस्पताललाई कोरोना संक्रमितको मात्र उपचारमा लगाउन सक्नेगरी तयारी गरेको छ । हालै मन्त्रिपरिषद बैठकले निजी, सहकारी, सरकारी तथा सामुदायिक गरी जुनसुकै प्रकारका अस्पताललाई कोरोना डेडिकेटेड बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: : 2020-08-23 15:14:25

प्रतिकृया दिनुहोस्