‘खेल जीवनबाट संन्यास लिने उपयुक्त वातावरण बनेन’

बाह्रखरी

काठमाडौँ

 अनु लामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका लागि महत्त्वपूर्ण खेलाडी थिइन् । १५ वर्ष राष्ट्रिय टोलीका लागि खेलेकी अनुले लामो समय नेपाली महिला फुटबललाई उच्च स्थानमा पुगाउन महत्त्वपूर्ण भूमिका खेलिन् । उनको एक मात्र सपना थियो नेपाललाई साफ च्याम्पियन बनाउने र हजारौँ दर्शकमाझ अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यास लिने ।

प्रशिक्षक हरि खड्काले साफ च्याम्पियन्सिप २०१९ का लागि नेपाली टोलीको घोषणा गरे जसमा अनु परिनन् । उपाधि जित्ने योजनाका साथ बनेको टोलीमा अनुले स्थान बनाउन सकिनन् । लामो समय राष्ट्रिय टोलीका लागि गरेको योगदान उनलाई खेर गएको अनुभव भयो ।

बाह्रखरीसँगको कुराकानीमा अनुले भनेकी थिइन्, “१५ वर्ष फुटबलमा लाग्दा मलाई एउटै सपना थियो । नेपाललाई साफ फुटबलको उपाधि जिताउनु । अर्को सपना थियो फुटबल करियरको अन्त्य गर्दा सबै समर्थकले मेरो बिदाइ देख्‍न सकून् ।” 
खेलाडीहरूको संन्यास लिने परिपाटी नहुँदा बनेको यो एउटा उदाहरण हो । ३५ गोलको सर्वाधिक गोलकर्ताको कीर्तिमान उनकै नाममा छ । अहिले अनुको कीर्तिमानसँग सावित्रा भण्डारीले बराबरी गरेकी छन् । अनु चाहन्थिन् नेपाललाई एसियाकै च्याम्पियन बनाउने । उसो त नेपाली टोलीको लक्ष्य नै च्याम्पियन बन्‍ने थियो । तर, नेपाल सधैं झै फाइनलमा भारतसँग पराजित हुन पुग्यो । अनुको सपनासँगै नेपालको सपना पनि पूरा हुन सकेन ।

प्रकाशित मिति: : 2020-08-23 13:12:31

प्रतिकृया दिनुहोस्