वीरगञ्जका २१ कैदीबन्दीले कोरोनालाई जिते

वीरगञ्ज कारागारका २१ कैदीबन्दी कोरोना भाइरसकाे संक्रमणलाई जितेर घर फर्किएका छन्। 

वीरगञ्ज कारागार परिसरमा निर्माण गरिएको आइसोलेसनमा उपचाररत २५ जना कैदीबन्दी मध्ये २१ जनाको लगातार दुई पटक गरिएको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि शनिबार डिस्चार्ज गरिएको कारागारका प्रमुख श्रबण पोख्रेलले जानकारी दिए ।

कोरोना जितेर  डिस्चार्ज हुनेमा १५ पुरुष, पाँच महिला र एकजना बालक रहेको छन्। यसअघि वीरगञ्ज कारागारका १३ जना कैदीबन्दी गत साउन ३२ गते कोरोना निकोभई डिस्चार्ज भएका थिए । 

अब कारागार परिसरमा रहेको आइसोलेसनमा चारजना मात्र कैदीबन्दी संक्रमित रहेको र उनीहरु स्वास्थ्य अवस्था समेत सामान्य रहेको पोख्रेलले बताए ।

यसअघिनै वीरगञ्ज कारागारका सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरीका १६ जना र कारागार प्रमुख श्रवण कुमार पोख्रेल समेत संक्रमित भएको मा साउन ३२ गते कोरोना जितेर नियमित कामा फर्किएका छन् ।

प्रकाशित मिति: : 2020-08-23 07:57:29

प्रतिकृया दिनुहोस्