वीरगञ्जमा उपचारको क्रममा एक संक्रमितको महिलाकाे मृत्यु

वीरगञ्जको नारायणी अस्पताल मातहतमा सञ्चालित वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका ११ बस्ने ५६ वर्षिय महिला रहेकी छिन्।

उनी ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासमा समस्या रहेकाे भन्दै अस्पताल भर्ना भएकी थिइन्। उनकाे श्रावण २२ गते स्वाव संकलन गरिएकाे थियाे। उनकाे काेराेना परीक्षण रिपाेर्ट श्रावण २४ गते पाेजिटिभ आएकाे थियाे।

उनकाे अवस्था कमजाेर भएपछि उनलाई साेही दिन आईसियूमा राखेर उपचार गराइरहेका थिए। 

तर उनकाे शनिबार बेलुका ०७:३० बजे मृत्यु भएको अस्पतालले बताएकाे छ। 

उनकाे कुनै ट्राभल हिस्ट्री भने छैन। 
 

प्रकाशित मिति: : 2020-08-23 07:15:46

प्रतिकृया दिनुहोस्