बोस्टन म्याराथन बम बिस्फोट घटनाः अदालत र महान्यायधीवक्ताबीच जुहारी

अमेरिकामा एउटा निर्णयलाई लिएर अदालत तथा महान्यायाधीवक्ताको कार्यालयबीच जुहारी सुरु भएको छ। 

९ वर्षअघि बोस्टन म्याराथनमा भएको बम बिस्फोट घटनामा अभियुक्त ठहर गरिएका एक व्यक्तिको मृत्युदण्डको सजायलाई ‘फेडरल अपील कोर्ट’ ले उल्ट्यादिएको छ। 

यसले महान्यायाधीवक्ता र अदालतबीच मतभेद देखिएको हो। सन् २०१३ मा बोस्टन म्याराथनमा बम बिस्फोट भएको थियो। 

‘फिनिसिङ लेन’ मा राखिएको ‘प्रेसर कुकर’ बम बिस्फोट हुँदा तीन जनाको निधन हुनुका साथै २ सय ६० जना घाइते भएका थिए। यसमा १७ जनाको अंगभंग भएको थियो। 

यो घटनामा प्रहरीले झोखर तारसानेभलाई अभियुक्त ठहर गर्दै मृत्युदण्डको सजाय अपील गरेको थियो। सन् २०१५ मा अदालतले घटनामा देखिएको ३० वटा तथ्यलाई आधार बनाउँदै झोखरलाई मृत्युदण्डको सजाय दिएको थियो। 

उनलाई ‘इन्जेक्सन’ दिएर मार्ने आदेश भएको थियो। तर, अदालतको यो निर्णयविरूद्ध झोखरले अपील गरेका थिए। 

३१ जुलाईमा ‘फेडरल अपील कोर्ट’ को तीन न्यायाधीसको बेञ्चले अदालतको पुरानो निर्णयलाई उल्ट्याउँदै झोखरलाई मृत्युदण्ड दिनुनपर्ने आदेश दिएको थियो। 

तीन न्यायाधीसको बेञ्चले २०१५ मा भएको अनुसन्धानमा त्रुटी देखिएको र ३० वटा आरोपमध्ये तीन वटा पुष्टी नहुने भन्दै त्यसलाई पनि रद्ध गरेको थियो। 

‘फेडरल अपील कोर्ट’ को यो निर्णयको विरूद्ध असन्तुष्टी जाहेर गर्दै महान्यायधीवक्ता विलियम बारले सर्वोच्च अदालतमा अपील गर्ने स्पष्ट पारिसकेका छन्।  

बोस्टन म्याराथन बम बिस्फोटमा झोखर र उनका भाई टेमरलन सलंग्न रहेको प्रहरीले दावी गर्दै आइरहेको छ। टेमरलनलाई प्रहरीले २०१३ मा भाग्ने क्रममा गोली हानी मारेको थियो भने झोखरलाई पक्राउ गरेको थियो। 

२७ वर्षीय झोखरले बिस्फोटका मुख्य योजनाकार उनको दाजु भएको र उनी प्रहरी मुठभेडमा मारिसकेको अवस्थामा आफूलाई मृत्युदण्डको सजाय दिनु उचित नरहेको उनको भनाई छ।

प्रकाशित मिति: : 2020-08-22 07:32:13

प्रतिकृया दिनुहोस्