अमेरिकामा डेंगु फैलाउने लामखुट्टे मार्न ‘जेनेटिक’ लामखुट्टेको आविस्कार हुँदै

अमेरिकाले मच्छरलाई मार्ने लामखुट्टे (मच्छर)कै प्रयोग गर्ने नयाँ तरिका निकालेको छ। यो प्रयोग विश्वको सबैभन्दा शक्तिशाली देशले फ्लोरिडा राज्यमा गर्दैछ। 

अमेरिकी वैज्ञानिकहरूले डेंगु रोगलाई जरैबाट उखेल्न यो रोग फैलाउने मच्छडमाथि मच्छड नै प्रयोग गर्ने नीति बनाएका छन्। यसका लागि ७५ करोड ‘जेनेटिक मोडिफाइड’ मच्छड तयार पारिएको छ।

यसको उद्देश्य स्थानीय स्तरमा डेंगु र जिका भाइरस फैलाउने मच्छरको संख्यालाई नियन्त्रणमा ल्याउनु हो। 

यो परियोजनाको विषयमा यसअघि पर्यावरण विशेषज्ञहरू बीच ठूलो बहस चलेको थियो। तर, अहिले यो ‘पाइलट प्रोजेक्ट’ लाई राज्य सरकारले स्विकृति दिएको छ। अब छिट्टै फ्लोरिडामा ७५ करोड ‘जेनेटिक मोडिफाइड’ मच्छड छोडिने छ। 

यो परियोजनाअन्तर्गत ल्याबमा विशेष तरिकाले पुरुष मच्चड तयार पारिन्छ र यससँग विशेष प्रोटिन हुन्छ। ल्याबमा तयार पारिने ‘जेनिटिक मोडिफाइड’ मच्छडले मानिसलाई टोक्ने छैन। यसैले यसबाट मानिस बिरामी हुने छैनन्। यसले आफ्नो खानाको रूपमा फूलको रस पिउने गर्छ। मानिसलाई टोक्ने र रोग फैलाउने काम जहिले पनि महिला मच्चडले गर्दै आइरहेका छन्।

‘जेनेटिक मोडिफाइड’ मच्छडलाई पहिलेदेखि नै अत्याधिक मच्छड भएको ठाउँमा छोडिने छ। यसले महिला मच्छडसँग मिलेर ‘ब्रिडिङ’ को काम गर्नेछ। यसबाट जन्मिने महिला मच्छडको उमेर निकै कम हुने र टोक्ने बेलासम्म यसको निधन भइसक्ने दावी सोधमा रहेका वैज्ञानिकहरूले गरेका छन्। यसले महिला मच्छडको संख्या घटाउन सहयोग गर्ने दावी गरिएको छ। 

गत मेमा अमेरिकाको पर्यावरण एजेन्सीले बेलायती कम्पनी ओक्सिटेकलाई ‘जेनेटिक मोडिफाइड’ मच्छड बनाउन स्विकृति प्रदान गरेको थियो। 

ल्याबमा हाल पुरुष ‘एडिज इजिप्टी’ नाम गरेको मच्छड तयार गर्ने काम भइरहेको छ, जसको नाम ओक्सो–५०३४ राखिएको छ। यसलाई २०२१ मा फ्लोरिडाको एउटा आइल्याण्डमा जोडिने छ। दुई वर्षको अवधिमा ७५ करोड मच्छड जोडिने पर्यावरण एजेन्सीले जानकारी दिएको छ। 

केही सामाजिक कार्यकर्ताले यसलाई अनैतिक भनेका छन्। उनीहरूले यो कार्यलाई जुरासिक पार्कमा डाइनोसरको प्रयोग गरिएको घटनाको रूपमा यसलाई लिएका छन्। उनीहरूले किटनाशकबाट कुनै असर नपर्ने यस्ता मच्छडले ‘इकोसिस्टम’ लाई नस्ट गर्ने चेतावनी दिएका छन्। 

तर, यो प्रोजेक्ट सञ्चालन गरिरहेको ओक्सिटेकले भनेको छ, ‘यसले मानिस र पर्यावरणलाई कुनै किसिमको नोक्सानी गर्दैन।’ कम्पनीले यो प्रोजेक्ट ब्राजिलमा पनि सञ्चालन भएको र यसले सकारात्मक नतिजा दिएको बताएको छ। फ्लोरिडा बाहेक टेक्सासमा पनि २०२१ सम्म यो परियोजना लागु गरिने सम्भावना बलियो छ। 

ओक्सिटेक कम्पनीले केही वर्षयता आफूले १० लाख ‘जेनेटिक मोडिफाइड’ मच्छर छोडिसकेको जानकारी दिएको छ। ‘अहिलेसम्म कुनै खतरा र नोक्सानीको कुरा बाहिर आएको छैन,’ कम्पनीले भनेको छ। 
पछिल्लो समय दक्षिणी फ्लोरिडामा मच्छडको आतंक बढेपछि स्थानीय आतंकित बनेका थिए।

प्रकाशित मिति: : 2020-08-21 23:03:00

प्रतिकृया दिनुहोस्