वीरगञ्जमा प्रसूति व्यथाले च्यापेकी महिला लिन हिँडेको एम्बुलेन्सलाई अवराेध, कुटपिटबाट चालक घाइते

एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा पर्सा प्रहरीले ३ जना युवाहरुलाई पक्राउ गरेको छ। 

सुत्केरी व्यथाले च्यापेकाे महिला बोक्न हिँडेको एम्बुलेन्सलाई वीरगञ्ज ब्रह्मचौकमा रोकेर उनीहरुले चालकलाई कुटपिट गरेका थिए।

पर्सा प्रहरी प्रवक्ता डिएसपी मनोजीत कुँवरका अनुसार केही युवकहरुले अन–आश्यक रुपमा रोकेर स्पिडमा किन चलाएको भन्दै कुटपिट गरेका थिए।

‘बिरामी लिन जाँदै गरेको अवस्थामा साइकलमा आएका केही युवकहरुको समूहले तैले एम्बुलेन्स किन स्पीडमा चलाएको भन्दै विवाद गरेका रहेछन्,’ उनले भने, ‘त्यसपछि विवाद बढ्दै गएपछि चालकलाई कुटपिट गरेका हुन्।’ 

युवकहरुको कुटाइबाट एम्बुलेन्स चालक गम्भीर घाइते भएका छन्। उनको टाउँको फुटेको र वीरगञ्जमै उपचार भाइरहेको प्रवक्ता कुँवरले बताए।

प्रसुती व्यथाले घरमा छटपटाई रहेको महिलालाई लिन अर्को एम्बुलेन्स पठाइएको डिएसपी कुँवरले बताए। पक्राउ पर्ने युवाहरु ब्रह्मचौक क्षेत्रकै रहेको प्रहरीले जनाएको छ।
 
उनले नियन्त्रणमा लिइएको युवकहरुमाथि बयान लिनेक्रम जारी रहेको भन्दै घटनाको विस्तृत बिवरण आउन बाँकी रहेको बताए। 

प्रकाशित मिति: : 2020-08-21 19:15:10

प्रतिकृया दिनुहोस्