रिमालका एक दर्जन पुराना तीज गीतका टुक्राहरू

१- कहाँमा हिँड्यौ परेवाको बथान
बरिलै भगवानलाई भेटन
भगवानलई भेटन के के सर्दाम चाहिन्छ
बरिलै फूल पाती अछेता...


२- वर्षदिनको तिज बरै भैया लिन आएका
मेरो त छैन बरै शिरै शिर्फुल
शिरै लाउनि शिर्फुल बाटघाट किनम्ला
हिँड दिदी अघि लाग भान्जा बोकेर
चौतारीमा बसेर भान्जा दुद लाऊ दिदै
म त जान्छु मेरी दिदै जमुनाका पार...

३- शिरै शिर्फुल लाम्ला भनी झिके थेँ
कुसुमे रुमालमा पोको पारे थेँ
खोज नानी खोज मझेरीमा खोज
याँ खसो त्याँ खसो खोजी मैले पाइन,,,,

४- आँगनका डिल बसी काली कौवा का का
के केमा ल्यायो समिचार
एकुमा समिचार कागतको चिर्कटो
दोसरी समिचार माइत जाउ रे
मेरो मायाँ हुँदो हो ता बाबा लिन आउँदाहुन्
कागतको चिर्कटोले जान्नँ माइत...

५- चौका बस्नी पण्डितलाई दिएँ भन्थ्यौ बाबा
हेराउँदा कोराउँदा रै’च कुसुन्डो
दिनभरि कुसुन्डाले तरुल भ्याकुर खन्च
रात हुन्च कुसुन्डो चलो कालीपार...

६- नेपालबाट दाजैले शिर्फुल कमाई पठाए
केलाई दिन्थिन् भाउजैले राखिन् आफैँले
आर्जन गर्ने दाजैले मन्डल मार्ने भाउजैले
मन्डलमार मेरी भाउजू तिम्रै सम्पति ...

७-शिरको शिरफुल सप्पै चलो
वनवासै मारुँला गुम्
आहै वनवासै मारुला गुम्.......

८- शिरफुल लाउनी तँ कि राम्री हुनी म
ला कान्छी ला कान्छी धोको फेरी ला.....

९- त्यैँ तल बिमिराको राईँझाईँ
उठ बैनी चम्पाकला नाच छाईँछाईँ....

१०- यो ठाडी उकालीमा पसिनाका धारा
लेऊ न बैनी सुभद्रा चिसो जल
तिम्री बैनी सुभद्रा त हात्ती गोठ लसक
हाम्ले दिम्ला प्रभुजीलाइ चिसो जल
तिमीजुले दिएको त सधैँ सधैँ खाम्ला
हाम्री बैनी सुभद्रालाइ काँ पाम्ला......

११- पातली नानीको बेललौरी कपाल
कम्मरु कम्मरु बस्यो चुलठी...

१२- बर्सदिनको तीजमा भैया लिन आएका
हाम्री सासु पापिनीले शिरफुल लुकाइदिन्
शिरफुल पनि लाउँदिन, घर पनि आउँदिनँ 
त्यै शिर्फुललाई भने बजै मेरी बुहारी...

प्रकाशित मिति: : 2020-08-21 12:53:00

प्रतिकृया दिनुहोस्