रिया र महेश भट्टको ‘वाट्सऐप च्याट’ भाइरल: आह...शब्द नै छैन...मन पूर्ण भएको छ !

बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा उनको प्रेमिका रिया चक्रवर्ती र निर्माता–निर्देशक महेश भट्टको वाट्सऐप च्याट मिडियामा भाइरल भएको छ। 

यी दुईबीच ८ जुन राती ७ बजेर ४३ मिनेटबाट कुराकानी सुरु भएर ८ बजेर ८ मिनेटमा समाप्त भएको थियो। सुशान्तको निधनभन्दा ६ दिनअघि भएको कुराकानीमा रिया सुशान्तको घर छोडेर गएकी थिइन। महेश भट्टले कुराकानीमा रियालाई पछाडि फर्केर नहेर्न सल्लाह दिएका थिए। 

इन्डिया टुडेले सार्वजनिक गरेको यो तथ्यमा भट्टले रियासँग आयशा नाममा कुराकानी गरेका छन्। भट्टले निर्देशन गरेको ‘जलेबी’ फिल्ममा रियाको नाम आयशा थियो। 

कुराकानी यस प्रकार रहेको छः

रिया चक्रवर्तीः भारी मन तथा राहत अनुभव गर्दै आयशा अगाडि बढेकी छिन्। सर..हाम्रो अन्तिम फोन मलाई व्युझाउँने फोन थियो। तपाई मेरो ‘एञ्जल’ हो। तपाई पहिले पनि हुनुहुन्थ्यो, अहिले पनि। 

महेश भट्टः पछाडि फर्केर नहेर। यसलाई सम्भव बनाऊ, जुन जरुरी पनि छ। तिम्रो बुवालाई मेरो प्रेम सुनाइदिनु। उहाँ खुसी हुनुहुन्छ होला। 

रिया चक्रवर्तीः केही साहस अनुभव गरिरहेको छु सर। 

तपाईले त्यो दिन फोनमा मेरो बुवाको बारेमा जे भन्नुभयो, यसले मलाई बलियो बनाउन प्रेरित गर्‍यो। सधैं विशेष रहने कारण तपाईलाई उहाँले पनि प्रेम र धन्यबाद भन्नुभएको छ। 

महेश भट्टः तिमी मेरो छोरी हौं। म हलुको महसुस गरिरहेको छुँ।

रिया चक्रवर्तीः आह...शब्द नै छैन सर...मन पूर्ण भएको छ। तर तपाईप्रति जुन भावना आउँछ, त्यो सबैभन्दा राम्रो हुनेगर्छ। 

महेश भट्टः बहादुर बनेकोमा धन्यबाद। 

रिया चक्रवर्तीः भाग्यलाई धन्यबाद, जसले मलाई तपाईसँग भेट गरायो। तपाई ठिक हो। हाम्रो बाटो यसै दिनका लागि जोडिएको थियो। मात्र एउटा फिल्मका लागि होइन, त्यो भन्दा पनि बेग्लै छ। 

तपाईले भनेको एक–एक शब्द मेरो दिमागमा घुमिरहेको छ र तपाईको असिमित मायाको गहिरो प्रभाव महसुस गर्छु। 

महेश भट्टः हा, हा, हा। यदि म काम लागिन भने म हुनुको कुनै औचित्य रहँदैन।  

रिया चक्रवर्तीः तपाईले फेरि मलाई स्वतन्त्र बनाइदिनु भयो। भगवान जस्तै एउटै जीवनमा दुई पल्ट। 

महेश भट्टः आराम।

रिया चक्रवर्तीः आह, शान्ति।

महेश भट्टः ह्याप्पी बर्थडे। (सायद उनी रियाको पुनर्जन्मको कुरा गरिरहेका थिए)

रिया चक्रवर्तीः हाहा..हाहा...म हाँसीरहेको छु। आइ लभ यू मेरो बेस्ट मान्छे। तपाईलाई गर्व गराउनेछु। 

महेश भट्टः तिमीले पहिले नै गरिसकेकी छौं। साच्चैं। तिमीले जे गर्‍यो, यसका लागि ठूलो आत्मबल चाहिन्छ। पछाडि फर्केर नहेर। 

रियालाई सुशान्तसँग सम्बन्ध तोड्न सल्लाह दिएको खबर बाहिरिएपछि भट्ट पनि शंकाको घेरामा छन्। उनले सुशान्तको निधन लगत्तै मानसिक रोगी भएको दावी गरेका थिए। जसको अहिले निकै आलोचना भइरहेको छ।

प्रकाशित मिति: : 2020-08-21 11:59:17

प्रतिकृया दिनुहोस्