लोकगायिकाहरु भन्छन्- तीज भड्किलो भयो, गीतले विकृति जन्मायो

गोविन्द मरासिनी

 

नेपाली हिन्दू महिलाहरुको महान पर्व हो, तीज। यो पर्वमा गीतका माध्यमबाट दिदीबहिनीको सुख र दु:खका पीडाहरु पोख्ने गर्छन्।

पछिल्लो समयमा तीज गीतका विषयमा विकृति बढ्न थालेको छ। तीज पर्वको अस्तित्व नै संकटमा पर्ने गरी बजारमा आउने गीतसंगीत र महिनौंदेखि दर खाने तडक–भडकले तीजको मौलिकता घट्दै गएको छ।
 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासले अघिल्लो वर्षमा जस्तो रौनक नदेखिए पनि तीज गीतमा मौलाउँदो विकृतिले यस वर्ष पनि स्थान पाएको छ। तीज गीतमा आएको विकृति र तीज मनाउने परम्परामा आएको परिवर्तन देखेर तीजको मौलिकता जोगाउन लागि परेका गायिकाहरु भने दु:खी देखिन्छन्।

प्रकाशित मिति: : 2020-08-21 11:35:48

प्रतिकृया दिनुहोस्