सोमबार, १५ डिसेम्बर २०२५

तिजको दिन सुनको मूल्य स्थिर, तोलाको ९८ हजार ८ सय रूपैयाँ

News Image
• • •

हिन्दु महिलाहरुको महान चाड तिजको दिन सुनको मूल्य यथावत् (स्थिर) छ । बिहीबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि ९८ हजार ३ सय रुपैयाँ कायम छ ।

सुनको मूल्य यथावत् रहँदा चाँदी पनि १० रुपैयाँले महँगिएर प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य बढ्दा तथा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्दा सुनचाँदीको व्यवसाय भने ठप्प छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!