बिएल संवाददाता
भारतको खेल मन्त्रालयले राष्ट्रिय पुरस्कारको राशी बृद्धि गरेको छ। अब राजीव गान्धी खेल रत्न अवार्ड जित्ने खेलाडीले ७ लाख ५० हजारको ठाउँमा २५ लाख पाउने छन्।
पुरस्कार राशीमा ३ सय प्रतिशत भन्दा बढी रकम बृद्धि भएको हो। अन्य पुरस्कारको राशी पनि बढाइएको छ।
अर्जुन अवार्ड ५ लाखको ठाउँमा १५ लाख हुनेछ। द्रोणचार्य अवार्ड ५ लाखबा १० लाख तथा मेचर ध्यानचन्द लाइफटाइम अवार्ड ५ लाखबाट बढाएर १५ लाख पुर्याइएको छ। २९ अगस्ट अर्थात खेल दिवसको दिन यसको घोषणा हुँदैछ।
यसपालि ६२ खेलाडी तथा प्रशिक्षक सम्मानित हुँदैछन्। यसपालि खेल रत्नका लागि क्रिकेटर रोहित शर्मा, कुस्ती खेलाडी विनेश फोगाट, महिला हकी खेलाडी रानी रामपाल, टेबल टेनिस खेलाडी मणिका बत्रा र रियो प्याराओलम्पिकमा स्वर्ण जितेका हाईजम्प खेलाडी मरियप्पयनको छनोट भएको छ।
यसपालि २९ जनाले अर्जुन अवार्ड, १३ जनाले द्रोणाचार्य अवार्ड र १५ जनाले ध्यानचन्द अवार्ड पाउँदैछन्। खेल रत्न पाउने रोहित चौथो क्रिकेटर हुन्। यसअघि सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र विराट कोहलीले यो अवार्ड जितिसकेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया