कोरोनाको कहर : मिर्गौलासम्बन्धी बिरामीहरु उपचार नपाएरै मरिएला भन्ने चिन्तामा

रातोपाटी

काठमाडौँ

 

माया श्रेष्ठ

मिर्गौलामा समस्या देखिएपछि औषधि सेवन गर्दै आएकी २६ वर्षीया आयुशा पाँडेलाई चिकित्सकले डाइलासिस गर्न सुझाव दिए । भैरहवा घर भएकी उनको हातखुट्टा सुन्निन थालेको थियो । पाँडेले डाइलासिसभन्दा पनि मिर्गौला प्रत्यारोपणकै योजना बुनेकी थिइन् । तर कोरोना महामारीका कारण मिर्गौला प्रत्यारोपण गर्ने योजना रोकिएको मात्र होइन, डाइलासिस गर्न समेत नपाएको गुनासो उनले गरिन् ।

डाइलासिसका लागि काठमाडौं आउने तयारीमा रहँदा उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम बढेसँगै आफू अलमलमा परेको उनले सुनाइन् । समयमै उपचार नपाउँदा ज्यान खतरामा त पर्दैन भन्ने चिन्ताले आजभोलि उनलाई सताउँछ । 

अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर बिरामी जाने गर्दछन् । तीमध्ये कतिपय त कोरोना संक्रमित समेत पाइने गरेका छन् । मधुमेह, उच्च रक्तचाप, मिर्गौला, क्यान्सर आदि रोगको उपचारका लागि अस्पताल आएका बिरामीमा समेत कोरोना संक्रमण देखिन थालेसँगै दीर्घरोगीहरुमा जोखिम बढेको हो । अस्पताल नजाँदा उपचारविना नै मरिने चिन्ता, अस्पताल जाँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने चिन्ता । यही दोहोरो चिन्तामा पिल्सिएका छन् कतिपय दीर्घरोगी ।

भैरहवाकी आयुशाले जस्तै स्वास्थ्य उपचार गराउन जाँदा समस्या भोग्दै आएका छन् नुवाकोटका दिनेश थापा । दिनेश हाल हप्ताको ३ पटक डाइलासिस गर्न पुलचोकबाट वीर अस्पतालमा जाने गर्छन् । ३२ वर्षीय दिनेशले आफ्नो झण्डै आधा उमेर डाइलासिसकै भरमा बिताइसके । तर अब भने कोरोनाकै कारण उपचार गर्न नपाएर ज्यान जानसक्ने खतरा बढ्दै गएको उनी सुनाउँछन् ।

प्रकाशित मिति: : 2020-08-21 11:03:53

प्रतिकृया दिनुहोस्