चर्चित गायक एसपी बालासुब्रमण्यमको अवस्था चिन्ताजनक बनेको छ। उनी १५ दिनदेखि चेन्नईको एउटा अस्पतालमा भर्ना छन्। उनलाई अहिले भेन्टिलेटरमा राखिएको परिवारले जानकारी दिएको छ।
बालासुब्रमण्यमलाई ५ अगस्टमा चेन्नईको एमजीएम हेल्थकेयरमा भर्ना गरिएको थियो।
अस्पतालका अनुसार उनको स्वास्थ्यलाई लिएर विदेशी डाक्टरसँग भिडियो कन्फ्रेन्सिङको माध्यमले कुराकानी भइरहेको छ।
उनलाई मुटुको समस्या छ भने स्वास लिन गाह्रो परिरहेको थियो।
बालासुब्रमण्यमको स्वास्थ्यमा सुधारको प्रार्थना गर्दै २० अगस्टमा दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवी, कमल हसन र रजनीकान्तले डिजिटल क्याम्पेनिङमा भाग लिएका थिए।
बालासुब्रमण्यमको स्वरका कारण ‘मैने प्यार किया’ फिल्मबाट सलमान खान हिट भएका थिए।