बिएल संवाददाता
प्रहरीले बैंक वित्तीय संस्थाका कर्मचारीलाई पनि कार्यालय आउने जाने नरोक्ने भएको छ।
बिहीबारदेखि जारी निषेधाज्ञामा बैंकका कर्मचारीहरुलाई बैंकको परिचय पत्रका आधारमा कार्यालय जान/आउन दिने आदेश भएको थियो।
तर बिहीबार बिहानै प्रहरीले बैंकका कर्मचारीहरुलाई रोकेपछि नेपाल बैंकर्स संघले कार्यालय आउने जाने अवस्था नरहेपछि सम्पूर्ण बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियाे।
यता बैंक वित्तीय संस्थाका कर्मचारीलाई कार्यालय आउनेक्रममा प्रशासनका कर्मचारीले अभद्र ब्यवहार गरेपछि संघले बैंकिङ सेवा नै बन्द गर्ने निर्णय गरेको हो।
अब भने प्रहरीले बैंकको परिचयपत्र देखाएपछि नरोक्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवले बताए।
माथिबाटै अब नरोक्ने सर्कुलर आएकाले अब बैंकका कर्मचारीहरुलाई नरोकिने उनले बताए।
बैंकिङ सेवा अत्यावश्यकीय क्षेत्र भित्र पर्ने भएकाले नेपाल राष्ट्र बैंकले पनि सिमित कर्मचारी मार्फत सेवा प्रदान गर्न बैंक वित्तीय संस्थालाई निर्देशन दिएको थियाे।
त्यतीमात्र नभई केन्द्रीय बैंकले गृहमन्त्रालय तथा काठमाडौ, ललितपुर भक्तपुरका प्रमूख जिल्ला अधिकारीलाइ समेत बैंकका कर्मचारीलाई सहज आवागमनको व्यवस्था गर्न अनुरोध समेत गरेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया