निजी अस्पताल र सरकारको जुहारी : कसले बुझेन महामारी ?

अनलाइनखबर

काठमाडौँ

विश्वास खड्काथोकी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी र सामुदायिक अस्पतालहरुलाई कुल बेडको २० प्रतिशत कोभिड–१९ का बिरामीका लागि छुट्याउनु भनेको छ । र, त्यो बेडमा कोरोना संक्रमितलाई उपचार गर्न प्रतिदिन ३५ सय देखि १५ हजार रुपैयाँका दरले बजेट उपलब्ध गराउने बताएको छ ।

तर सरकारको निर्णय अव्यवहारिक र गलत भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ, निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन) लगायतले पनि निर्णय सच्याउन सरकारलाई आग्रह गरेका छन् ।

उनीहरुको तर्क छ, कोभिड र नन कोभिडलाई एउटै अस्पतालमा उपचार गर्दा भयावह अवस्था आउने छ ।

अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले नीजि अस्पतालहरुमा कोभिडका बिरामीको उपचार गर्ने हो भने अस्पताल तोक्नुपर्ने बताउँछन् । ‘कोभिडका बिरामीको उपचारका लागि हिड्ने बाटोदेखि छुट्टै भवन चाहिन्छ, जुन निजी अस्पतालहरुमा सम्भव छैन’, थापाले भने, ‘कि निजीमा कोभिडका बिरामीहरुको उपचार गर्ने हो भने कुनै निजी मेडिकल कलेज वा अस्पताल तोक्नुपर्‍यो । होइन भने पुरै निजी अस्पताललाई कोभिडका मात्र उपचार गर्नुपर्छ भन्नुपर्‍यो ।’

प्रकाशित मिति: : 2020-08-19 17:14:46

प्रतिकृया दिनुहोस्