कोरोना असर : ९० प्रतिशत बढी निर्माण ठप्प, ६५ अर्बको नोक्सान

बाह्रखरी

काठमाडौँ

 हिमाल पौडेल

कोडिभ १९ का कारण ९० प्रतिशत बढी निर्माण आयोजना ठप्प भएका छन् । वर्षातको समयसँगै कोभिडले गर्दा आयोजना प्रायः ठप्पको अवस्थामा रहेको निर्माण व्यवसायी बताउँछन् । 

हाल देशभर करिब ५ हजार निर्माण आयोजना छन् । त्यसमध्ये बढीमा सयवटा आयोजनामा काम भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । काम भएका आयोजनाको गति पनि निकै सुस्त रहेको उनले बताए । “निर्माण आयोजना चल्नका लागि मात्रै चलेका छन्, पूर्ण रुपमा चलेका छैनन्,” उनले भने ।

व्यवसायीका अनुसार अहिले वर्षाको समय भएकाले पनि धेरै निर्माण कार्य अगाडि बढ्ने थिएनन् । तर, कोडिभका कारण वर्षापछि पनि निर्माण सुरु गर्न नपाए अर्थतन्त्रका लागि निकै घातक हुने सिंह बताउँछन् । “निर्माण क्षेत्रमा अहिलेसम्म करिब ६५ अर्ब रुपैयाँ नोक्सान भएको छ,” उनले भने, “पर्यटनजस्तो निकै प्रभावित क्षेत्र निर्माण नभएकाले काम सुरु गर्न पाए छिटो रिकभर हुन्छ ।” तर, कोरोना कारण फागुनदेखि नै निर्माण प्रायः ठप्प भएको उनले बताए । 

प्रकाशित मिति: : 2020-08-19 17:06:26

प्रतिकृया दिनुहोस्