‘ट्रेकिङ क्षे‍त्रको १५ अर्ब डुब्यो, साढे तीन लाखको रोजगारी गुम्यो’

काठमाडौँ – ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालमा विदेशी पर्यटक नभित्रिएसम्म ट्रेकिङ व्यवसाय उँभो नलाग्ने बताएका छन्।

उनले पदयात्राका लागि नेपालीभन्दा विदेशी पर्यटक बढी जाने भएकाले आन्तरिक पर्यटन सञ्चालन गरेपनि ट्रेकिङ व्यवसाय भने उँभो नलाग्ने बताए। उनले भने, ‘आन्तरिक पर्यटन खोले पनि अन्य क्षेत्र अगाडि बढ्छ। ट्रेकिङ व्यवसाय कुनै हालतमा अगाडि बढ्न सक्दैन। नेपालीहरु पदयात्रामा त्यति धेरै जाँदैनन्। विदेशीहरु पदयात्राका लागि नै भनेर नेपाल आउँछन्। त्यसैले उनीहरु नआएसम्म ट्रेकिङ व्यवसाय अगाडि बढ्दैन।’

प्रकाशित मिति: : 2020-08-19 11:36:12

प्रतिकृया दिनुहोस्