जेठको घाम, दिउँसोको कालोपत्रे सडक, बाफिएको गर्मी र क्रमशः उष्ण गल्तीको पश्चात्ताप गर्दै मधुरिँदै गएजस्तो कवितामय साँझ।
८४ वर्षीय कवि माधव घिमिरेज्यू आफ्ना कवितामा झैं साँच्चै नै युवाहरूको बैंस पैंचो मागेर फक्रिएजस्तै निकै जोसिला, भव्य र शालीन देखिनु हुन्छ।
‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल’
‘आजै र राति के देखेँ सपना मै मरी गएको
बतासबिनु हाँगाको फूल भैं झरी गएको’
यस्ता अत्यन्त संवेदनशील गीतहरूका भव्य कुञ्ज, वैयक्तिक पीडामा पनि असाधारण साधारणीकरणको खुबी साँच्ने गौरीजस्ता सामाजिक काव्यका मर्मगायक, राष्ट्रनिर्माताजस्तो राष्ट्रउद्घोषमय काव्यचेतनाका वाहक एवम् अश्वत्थामाजस्तो जीवनवादी स्वरमा लिपिबद्ध मानवप्रेम एवम् विश्वप्रेमकै साक्षी कृतिका महान् श्रष्टा, यशस्वी साधक, विशिष्ट पद्यशिल्पी कविवर माधव घिमिरेज्यूसँग कुराकानीको थालनीमै सिंगो साँझलाई कवितामय बनाउँदै उहाँ यसरी गुनगुनाउनु हुन्छः