बिएल संवाददाता
पूर्व भारतीय कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको केही दिनपछि नै पाकिस्तानका चर्चित समर्थक मोहम्मद बसिर बोजाईले पनि सन्यास लिएका छन्। शिकागो चाचाको उपनामले चिनिने बसिरले रंगशालामा गएर क्रिकेट नहेर्ने घोषणा गरेका छन्।
उनको अघिल्लो लक्ष्य भारतको राँची पुगेर धोनीसँग भेटघाट गर्ने रहेको छ। धोनीले १५ अगस्टमा सन्यासको घोषणा गरेका थिए। यसको केही घण्टापछि सुरेश रैनाले पनि सन्यास लिएका थिए। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले आयोजना गर्ने भारत–पाकिस्तानबीचको जुनसुकै खेल हेर्न पनि बसिर रंगशाला पुग्ने गर्दथे।
अमेरिकाको सिकागोमा बसोबास गर्ने बसिरले भनेका छन्, ‘धोनीले सन्यास लिएका छन्, त्यसैले म पनि सन्यास लिन्छु। उनी बिना क्रिकेट हेर्न यात्रा गर्नुको कुनै औचित्य छैन। म उनको ठूलो फ्यान हुँ। उनी मलाई निकै रुचाउँथे।’
उनले धोनी सम्मानको हकदार भएको बताए। उनले क्रिकेट मैदानबाट सन्यास लिएको हेर्न आफूलाई इच्छा रहेको तर त्यो नहुँदा दुःखी भएको बताए।
सन् २०१८ को एसिया कपमा धोनीले आफ्नो जर्सी बसिरलाई दिएका थिए। उनी २०११ को विश्व कपअन्तर्गत भारत–पाकिस्तानको सेमिफाइनल हेर्न सिकागोबाट मोहाली आएका थिए। यस खेलको टिकट नपाउँदा धोनीले नै उनलाई टिकट उपलब्ध गराएका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया