‘साँचै डिजिटल बैंकिङ अनुभव’ गराउँदै एनएमबी बैंङक

एनएमबी बैंकले वेब र मोबाइल एप्लिकेशनमा गरी दुवै प्लेटफर्ममार्फत ‘एनएमबी ओम्निच्यानल’ सार्वजनिक गरेको छ । बैंकले नेपालको डिजीटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न भन्दै ‘साँचै डिजिटल बैंकिङ अनुभव’ गराउन एनएमबी ओम्निच्यानल सार्वजनिक गरेको हो । एनएमबी ओम्निच्यानलबाट ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने एनएमबी बैंकले जनाएको छ।

यसको सहायताले केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न र बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, बैवाहिक स्थिति, पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमांड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न, कर्जा योग्यता परिक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू लिन सक्ने एनएमबी बैंकले जानकारी दिएको छ। 

ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘इएनएमबी’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्नुपर्ने बैंकको भनाई छ ।

‘एनएमबी ओम्निच्यानल’ले नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको शुरुवात गर्ने बैंकको दावी छ। ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको सीमितता भन्दा माथी उठेर बैंकमा नधाईकनै प्रशस्त सम्भावनाहरु सहित मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सक्ने बैंकको दावी छ । 

ओम्नीच्यानल सार्वजनिक गर्न पाउँदा आफुहरु खुशी रहेको उल्लेख गर्दै बैंकले कोभिडको परिवेशको बीचमा पनि एनएमबी ओम्निच्यानलले ग्राहकहरूको लागि घरमै बसी सुरक्षित तवरले बैंकिङ्ग कारोबारको निरन्तरताको चाहना पुरा गराउन सक्ने उल्लेख गरिएको छ। 

‘एनएमबी ओम्निच्यानल एक शुरुदेखि अन्त्यसम्मको प्रक्रिया हो जसले सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिमुक्त र कागजविहीन बैंकिङ्ग सुनिश्चित गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङप्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ’, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2020-08-17 23:03:12

प्रतिकृया दिनुहोस्