राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशित गरेकाे छ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसर बोर्डको बैठकले यस वर्षको एसईई परीक्षाको नतिजा प्रमाणीकरण गरेकाे हाे।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले प्रमाणीकरण गरेपछि नतिजा सार्वजनिक गर्ने प्रावधान छ।
बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो। नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्ने भन्दै रोकिएको थियो।
यसवर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार परीक्षार्थी थिए। कोरोना भाइरसका कारण बोर्डले परीक्षा सञ्चालन गर्न सकेन्।