रातोपाटी
नेपाल विद्युत् प्राधिकरण सार्वजनिक संस्थान मध्येकै सबैभन्दा धेरै नाफा गर्ने सार्वजनिक संस्थान बनेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपाल विद्युत् प्राधिकरणले ११ अर्ब ४ करोड नाफा कमाएको हो । प्राधिकरणपछि सबैभन्दा धेरै नेपाल टेलिकमले सो वर्ष ९ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ ।
यसैबीच प्राधिकरणको यसअघि नकारात्मक रहेको सिञ्चित नोक्सान पूरा भएर सिञ्चित नाफा ४ अर्ब ८७ करोड रुपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नाफामा जान थालेपछि प्राधिकरण नयाँ आयोजनाको कार्यान्वयनका लागि आफैं स्रोत जुटाउने क्षमतामा रहेको भन्दै सरकारले जुटाइदिने स्रोतहरु अरु पूर्वाधार क्षेत्रमा खर्च गर्न सकिने अवस्था रहेको समेत उनको भनाइ थियो ।
आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड रुपैयाँ कमाएको थियो । त्यस्तै, २०७४/७५ मा २ अर्ब ८५ करोड तथा २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफा वृद्धिका बाबजुद पनि इतिहासमै पहिलोपटक ग्राहस्र्थ विद्युतीय ग्राहकको विद्युत् महशुल घटाइएको समेत घिसिङले बताए । विद्युत् प्राधिकरणले अहिले प्रत्येक वर्ष १० अर्ब रुपैयाँ नाफा कमाउने उद्धेश्य लिएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया