नेपाल समाचारपत्र
डा. रवीन्द्र पाण्डे
कोरोना संक्रमणको विश्वव्यापी महामारीले अहिले संसार एकाकार भएको छ । पृथ्वीको हरेक ठाउँमा बस्ने मान्छेहरुको सोच, अनुभव र अनुभूति एकै विषयमा केन्द्रित भएको छ । हाम्रा पीडा एकाकार भएका छन् । हाम्रा दैनिकी उस्तै रुपमा प्रभावित भएका छन्, हाम्रा आँखाहरुले खोपको क्षितिज नियालिरहेका छन् ।
कोरोना संक्रमणले करोडौं व्यक्तिको शरीरमा असर गरेको छ भने अर्बाैं व्यक्तिको मनमा असर गरिरहेको छ । घाँटी खसखस पोहोर साल पनि गथ्र्यो, रुघाखोकी पोहोरसाल पनि लाग्थ्यो, ज्वरो पोहोर साल पनि आउँथ्यो, सास फेर्न गाह्रो पोहोरसाल पनि हुन्थ्यो तर यसपटक हरेक लक्षणमा हामीले कोरोना संक्रमणलाई जोडेर हेर्ने गरेका छौं । यसैलाई मनोसमस्याको शारीरिक लक्षण भनेर मनोविज्ञानले भन्दछ । त्यति मात्र हैन, हाम्रो गाउँ तथा टोलमा अमुक व्यक्तिलाई कोरोना संक्रमण भयो रे ! भनेर सुन्नेबित्तिकै हाम्रा हातखुट्टा लुला हुन्छन्, हामीलाई सास फेर्न गाह्रो होला जस्तो लाग्छ अनि घाँटी चिलाउन शुरु गर्छ । यी लक्षण केवल हाम्रा अनुभूति हुन्, वास्तविक लक्षण हैनन् ।v
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया