देखापढी
के तपाईंले भल्व मास्क प्रयोग गरिरहनुभएको छ ? प्रयोग गर्नुहुन्छ भने ध्यान दिनुहोस्। यसले तपाईंलाई पूर्ण सुरक्षा दिँदैन। उसो भए कस्तो मास्क लगाउने त ? भल्व मास्क भन्दा तीन लेयरको कपडाको वा सर्जिकल मास्क नै बढी उपयुक्त हुन्छ।
कोरोना संक्रमित व्यक्तिले भल्व मास्क प्रयोग गर्दा अरू व्यक्तिमा सर्न सक्ने सम्भावना बलियो हुन्छ। त्यसैले चिकित्सकरू यस्तो मास्क प्रयोग नगर्न सुझाउँछन्। भल्व मास्कले पूर्ण रूपमा सुरक्षा नदिने भएकाले नेपाली सेनाले निरूत्साहित गरेको छ। धुलिखेल अस्पतालमा त धेरै अघिदेखि नै भल्व मास्क लगाएर प्रवेश बर्जित गरिएको थियो।
भल्व भएको मास्क नलगाउने समझदारी भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार भल्व मास्कबाट कोरोना सर्न सक्ने देखिएकाले प्रतिबन्ध भन्दा पनि निरूत्साहित गरिएको हो। “स्वास्थ्यको दृष्टिकोणले भल्व भएको मास्क उपयुक्त देखिएको छैन, त्यसैले यसलाई निरूत्साहित गरिएको हो”, उनले देखापढीसँग भने, “प्रतिबन्ध लगाएका छैनौं, त्यस्तो मास्क नलगाउने समझदारी अपनाएका छौं।”
भल्व मास्कबारे सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, “भल्व मास्क उपयुक्त नहुनुको एउटै कारण छ, संक्रमित व्यक्तिले अरु व्यक्तिलाई सार्नसक्ने।” भल्व मास्कबाट थुकका छिटाहरू बाहिर निस्किरहेका हुन्छन्। कोरोना थुकका छिटाहरूबाटै सर्ने भएकाले भल्व मास्क उपयुक्त नभएको विज्ञहरूको भनाइ छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया