जनस्वास्थ्यमाथि खेलबाड : टिचिङभित्र क्यान्सर भवन बनाउन ३२ करोड खर्च, नौ वर्षसम्म नबनेपछि खण्डहर

भवानीश्वर गाैतम

६ पटक म्याद थपियो, तर भवन नबन्दा उपकरण खरिदका लागि तीन वर्षअघि निकासा भएको ३० करोड थन्कियो

जनस्वास्थ्यमा राज्य कति संवेदनशील छ ? शिक्षण अस्पतालभित्र निर्माणाधीन क्यान्सर उपचार भवन एउटा सचित्र जवाफ हो । नौ वर्षअघि सुरु भएको भवन अहिले अलपत्र भएको छ जब कि भवनमा ३२ करोड खर्च भइसकेको छ । 

शिक्षण अस्पतालले तीन वर्षभित्र बनाइसक्ने योजनाका साथ २५ मंसिर ०६८ मा भवन बनाउन ठेक्का दिएको थियो । तर, ०७७ साउनसम्म ६ पटक म्याद थप्दा पनि भवन अपुरो छ । सुरेश वाग्ले स्मृति क्यान्सर भवनको नाममा बनिरहेको यो आयोजनामा रकमको कमी भने छैन । निर्माणमा अहिलेसम्म ३२ करोड ४१ लाख २५ हजार खर्च भइसकेको छ । भवन नबन्दा उपकरण खरिदका लागि विनियोजित बजेट पनि खर्च हुन सकेको छैन । 

सरकारले भवन बनाउन ७३ करोड २५ लाख निकासा गरेको थियो । अस्पतालले २५ मंसिर ०६८ मा तीन वर्षभित्र काम सक्ने गरी ५५ करोड ५१ लाख २९ हजारमा ठेक्का सम्झौता गरेको थियो । तर, ०७७ साउनसम्ममा ६ पटक ठेक्काको म्याद थपिँदा पनि निर्माण सम्पन्न हुन सकेको छैन । खर्च नभएको बाँकी ४० करोड ८३ लाख ७५ हजार पनि फिर्ता नगरी मौज्दात राखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: : 2020-08-17 07:12:26

प्रतिकृया दिनुहोस्