बिएल संवाददाता
म्यानचेस्टर युनाइटेडलाई हराउँदै स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा पुगेको छ।
आइतबार लिस्बनमा भएको सेमिफाइनलमा इंग्लिस क्लब युनाइटेडमाथि २-१ को जित हात पार्दै सेभिल्ला फाइनलमा पुगेको हाे।
खेलको नवौं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको थियो।
डिएगो कार्लोसले पेनाल्टी क्षेत्रभित्र मार्कस रासफर्डलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
यता २६ औँ मिनेटमा सुसोले गोल गर्दै खेल बराबरीमा ल्याए।
७८ औँ मिनेटमा सेभिल्लाले लुक डे जोङको गोलमा अग्रता लियो। उनी वैकल्पिक खेलाडीकाे रुपमा मैदान पसेका थिए।
याे जितसँगै सेभिल्लाले युरोपा लिगको उपाधि भिडन्तमा स्थान पक्का गरेको छ। अब सोमबार हुने दोस्रो सेमिफाइनलमा इन्टर मिलान र शाख्तर डोनेस्क भिड्नेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया