गोदाममै थन्कियो भेन्टिलेटर, घरमै मर्न थाले संक्रमित

महानगरपालिकामा १७ दिनमा ४६९ संक्रमित थपिए

हरि अधिकारी

बिराटनगर

प्रदेश १ को राजधानी रहेको बिराटनगर महानगरपालिका-३ निवासी ८७ वर्षीया बृद्धाको शनिबार राति निधन भयो । उनका ५६ वर्षका छोरा कोरोना संक्रमण पुष्टि भएर माडवारी सेवा सदनको आइसोलेनमा छन् । बुहारी र नाति घरैमा छन् ।

सासूको मृत्यु भएपछि बुहारीले छिमेकी र आफन्तसँग हारगुहार गरिन् । तर, कोही आएनन् । त्यहीबेला सासूको शव कुरेर बसेकी बुहारीलाई पनि कोरोना संक्रमण भएको खबर आयो । ‘छोरा आइसोलेनसमा छ, बुहारीलाई पनि कोरोना भयो । त्यहीबेला प्राण त्यागेकी बृद्धाले शव उठाउन कोही आएनन्’ महानगरका जनस्वास्थ्य प्रमुख रमेश कार्की भन्छन्, ‘बिराटनगरमा कसैको मृत्यु भइहाल्यो भने पनि शव व्यवस्थापन गर्न गाह्रो हुने अवस्था आइसक्यो ।’

स्थानीय अधिकारीहरुका अनुसार बृद्धाको हालै गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । तैपनि छिमेकी तथा विहानीपख पुगेका आफन्त शव व्यवस्थापन गर्न तयार भएनन् र, नेपाली सेनालाई जिम्मा दिइएको छ ।

प्रकाशित मिति: : 2020-08-17 00:03:49

प्रतिकृया दिनुहोस्