कोरोनाका भत्खौरे ऐजेरुहरूको अवज्ञा गर !

नेताहरूले यहीबेला गुटगत भेला र कार्यकर्ता भेटघाटका नाममा कोभिड–१९ को महामारी फैलने जोखिम बढाएका छन्

समाजका आकाशेबेलीहरूले कोरोनाभाइरस फैलाउन गरेको अपराधलाई देखेको नदेख्यै गरी जनताले सामान्य सावधानी नअपनाएकाले कोभिड–१९ को महामारी फैलियो भन्नु ठूलो पाखण्ड हो । कोभिड–१९ को महामारी नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीलगायतका नियम र निषेधले गुजारा चलाउनै नसक्ने भएका नागरिकले समेत अवज्ञा गरेनन् । तर, बन्दाबन्दी सुरु भए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा जुलुस निकाल्नेलगायत भए गरिएको राजनीतिक जमघटले जनताको उपहास गरेको छ । यस्तै संक्रमितको सम्पर्कमा आएका नागरिकको परीक्षण गर्न आलटाल गर्ने र कतिको त मरेपछि स्वाब निकाल्ने सरकारले राज्यको ढुकुटीबाट पालिएका ऐजेरुहरूको भने घरघरमा गएर परीक्षण गरेको समाचार जनताको अर्को पमान हो ।

प्रकाशित मिति: : 2020-08-16 23:44:28

प्रतिकृया दिनुहोस्