धोनीमा प्रभावशाली नेतृत्व गर्न सक्ने क्षमता छ, २०२४ को निर्वाचन लड्नुपर्छ: बिजेपी नेता

अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिबार सन्यासको घोषणा गरेका भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई एक नेताले २०२४ मा हुने निर्वाचन लड्न प्रस्ताव गरेका छन्।

 भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्डयम स्वामीले धोनीले क्रिकेटमार्फत दिएको योगदान अब सामाजिक जीवनमा पनि चाहिएको भन्दै निर्वाचन लड्न प्रस्ताव अगाडी सारेका हुन्।

‘एमएस धोनीले क्रिकेटबाट सन्यास लिएका हुन् अरु कुनै कुराबाट होइन। समस्याहरुसँग लड्ने उनको क्षमता र एउटा टिमको प्रभावशाली नेतृत्व गर्न सक्ने जुन क्षमता उनले क्रिकेटका देखाएका छन् त्यो सार्वजनिक जीवनमा धेरै आवश्यक। उनले सन् २०२४ लोकसभा निर्वाचन लड्नुपर्छ,’ सुब्रमन्यम स्वामीले लेखेका छन्।

भारतको स्वतन्त्रताको दिन पारेर धोनीले शनिबार बेलुका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। सन् २००४ मा भारतका लागि डेब्यु गरेका धोनीले १६ वर्षपछि अब ब्लु जर्सीमा नखेल्ने निर्णय गरेका हुन्।

यद्यपि धोनीले चेन्नाई सुपर किंग्सबाट भने आईपीएल टि–२० क्रिकेट खेल्नेछन्।
 
स्मरण रहोस् यसअघि भारतका पूर्व ब्याट्सम्यान गौतम गाम्भिरलाई भजपाले दिल्लीबाट लोकसभाको टिकट दिएको थियो। गाम्भिरले निर्वाचनमा भारी अन्तरले जित हात पारेका थिए।

 

प्रकाशित मिति: : 2020-08-16 15:50:09

प्रतिकृया दिनुहोस्