कृषि विकास बैंकको नाफा ३ अर्ब ४६ करोड

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट १ अर्ब ६६ करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्न सक्ने जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफामा ७२ करोड ३५ लाख अर्थात १७.२६ प्रतिशतले संकुचन आएकोे हो ।

खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंकको खुद नाफामा पनि प्रभाव देखाएको हो । गत आर्थिक वर्षमा बैंकले ६ अर्ब २३ करोड रुपैंया खुद व्याज आम्दानी गरेको छ भने बैंकको संचालन नाफा ४ अर्ब ४५ करोड रुपैयाँ छ । बैकको ब्याज आम्दानी १८ प्रतिशत अर्थात संचालन आम्दानी साढे १६ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा बैंकले निक्षेप १ खर्ब १८ अर्ब ८८ करोडबाट बढाएर १ खर्ब ४३ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी १ खर्ब ८ अर्ब ८० करोडबाट बढाएर १ खर्ब २३ अर्ब ५ करोड पुर्याएको छ। बैंकको निक्षेप २० प्रतिशत तथा कर्जा १३ प्रतिशतले बढेका हो ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ९८ करोड ९१ लाख रहेको छ । बैंकमा ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड रुपैयाँ सञ्चित रहेको छ भने रिटेर्न अर्निङ्ग २ अर्ब १० करोड छ ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आवमा ४० रुपैयाँ ४५ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आवमा ३२ रुपैयाँ ८८ पैसामा झरेको छ। बैंकको मूल्य आम्दानी अनुपात ११.७१ गुणाले बढी छ । प्रतिशेयर नेटवर्थ २३७ रुपैयाँ ५४ पैसा कायम भएको छ।

बैंकको निष्क्रिय कर्जा ३.२९ प्रतिशतबाट २।७१ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको आधार दर ९.२६ प्रतिशत र स्प्रेड दर ४.४४ प्रतिशतमा झरेको छ।

प्रकाशित मिति: : 2020-08-16 09:15:21

प्रतिकृया दिनुहोस्