कविता लेख्नुछ

कविता पढेको छनकसम्म नदिने साथीहरू

हैन यो पनि हेर्दाहेर्दै कवि भइसक्यो भन्ने प्रबुद्धहरू

एकाएक मेरा कविता आउन छोडेकामा चिन्तित भए

जे भए नि लेख्न छोड्न हुन्न भनी सुझाए

एभ्री डग ह्याज इट्स डे, आज मेरै डे

सरका कविता तगडा छ नभन्दा नम्बर कमै पो पाइएला भनी क्या बात ठोक्ने शिष्यहरु

उट्पट्याङ्ग लागे नि सान्दर्भिक भनी नटोपल्दा सम्बन्ध बिग्रेला भन्ने भय बोकेकाहरु

आहाको कमेन्ट ठोकी ओहो फुस्किने काम गराउने दाउ छोप्नेहरु

हो कविता बिकेकै थियो कवि पदवी पाइएकै थियो

कविताको निम्तो आयो, फुर्‍यो

फुराइलाई लिपिबद्ध गर्न जसै तम्सिएँ

छोराको हातमा ल्यापटप अनि मोबाइलमा झुम्मिएकी छोरी सामुन्ने पाएँ

सुपुत्रको अनलाइन क्लास भन्दा ठूलो कविता भएन

अनि ३ वर्षे सुपुत्रीको नन्स्टप पिराई थेग्ने आँट जम्मा गर्न पनि सकिएन

कविता कविसँगै रह्यो सँगै रहे भावना

ल्यापटप हात पार्न हे प्रभु भगाऊ कोरोना।।

यो पनि

ढाड, हाड, पहाड

हावा, हनुमान, हामी

मेरो दारी दुनियाँलाई किन भारी?

के घर के अफिस के स्कुल


खाना भो

माफ गर्नुस् म मोटै हो

प्रकाशित मिति: : 2020-08-15 23:52:00

प्रतिकृया दिनुहोस्