नेकपामा ४६ दिनदेखि जमेको आइस 'ब्रेक', नेता भन्छन्– 'डेडलक तोडियो'

लोकान्तर

काठमाडौँ
ईश्वर अर्याल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र जमेको महिनौंसम्मको हिउँ (विवाद) शुक्रवार कार्यदल बनाउने सहमतिसँगै पग्लिएको (सहमतिउन्मुख) छ । यसलाई कतिपय नेताहरूले सकारात्मक ढंगबाट लिएका छन् । 

शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएको छलफलले विवाद समाधानका निम्ति महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएको छ । 

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट पौडेल र प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल, अध्यक्ष प्रचण्डका तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल अनि वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीमबहादुर रावल र सुरेन्द्र पाण्डे रहेका छन् । 

कार्यदललाई केही दिनमै सहमतिको खाका तयार पार्ने म्यान्डेट दिइएको छ । कार्यदलमा सदस्य रहेकी नेतृ पम्फा भुसालले कार्यदल बन्नु सकारात्मक भएको टिप्पणी गरिन् । 

प्रकाशित मिति: : 2020-08-15 06:54:03

प्रतिकृया दिनुहोस्