१०० दिनभन्दा कम समयमा नेपालमा कोरोनाबाट ज्यान गुमाउने १०० जना, को हुन् उनीहरू?

सेतोपाटी

काठमाडौँ

संसारमा कोरोना भाइरस सुरू भएको करिब चार महिनापछि नेपालमा यही भाइरस संक्रमणले पहिलो मृत्यु भएको थियो। जेठ ३ देखि साउन ३० गतेसम्म १०० दिनभन्दा कम समयमा नेपालमा कोरोना मृत्यु सय पुगेको छ। 

कोरोनाका कारण ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै एक सय जनाको विवरण हामीले यहाँ प्रकाशन गरेका छौं। 

१) जेठ ३ः नेपालमा कोरोनाका कारण पहिलो मृत्यु, सिन्धुपाल्चोक, वर्ष २९, महिला

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको थियो। ९ दिनकी सुत्केरी मृतक महिलालाई स्वासप्रस्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उनलाई आकस्मिक कक्षमा लाँदालाँदै मृत्यु भएको हो।

ती महिलाले वैशाख २४ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। भोलिपल्ट २५ गते उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। डिस्चार्जपछि उनी सिन्धुपाल्चोकको राम्चेस्थित घर पुगेकी थिइन्। पछि उनलाई श्वासप्रश्वासको समस्या बढेपछि जेठ १ गते बाह्रबिसेस्थित स्वास्थ्य केन्द्र लगिएको थियो। कोरोनासँग लक्षण मिल्ने भएकाले उनलाई धुलिखेल अस्पताल पठाइएको थियो।

उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति: : 2020-08-14 16:42:23

प्रतिकृया दिनुहोस्