पर्सा र बाराका दुई डाक्टर, सेनासहित थप ५० जनामा कोरोना संक्रमण

पर्सा र बारामा दुई डाक्टर,सेना,दूतावाससहित थप ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

नारायणी अस्पतालकामा गरिएको परीक्षणमा पर्साका २७, बाराका २०, महोत्तरीका २ र १ जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। 

संक्रमित मध्ये १२ जना महिला तथा ३८ जना पुरुष रहेका छन्। २ वर्षको बालकदेखि ६२ वर्षको वृद्धसम्म रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

उनका अनुसार नारायणी बयोधा अस्पताल गण्डकको आइसियु कक्षमा कार्यरत यसअघि संक्रमित भएकी एक महिला चिकित्सकको कन्ट्रयाक्ट ट्रेसिगमा परेकी २७ वर्षकी डाक्टर र महोत्तरी घर भई हाल वीरगञ्जमा बस्दै आएकी ३७ वर्षकी महिला डाक्टर गरी दुई जना डाक्टर संक्रमित भएका छन्।

त्ययसैगरी,नारायणी अस्पतालको विभिन्न वार्डमा काम गर्ने ७ स्वास्थ्यकर्मी र ३ सुरक्षा गार्ड पनि संक्रमित भएका छन्।

वीरगञ्जको श्रीपुर, घडिआर्वा, कुमालटोल, रेशमकोठीलगायतका अन्य संक्रमितमध्ये केही कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् भने अरु केही कोरोनासँग लक्षण देखिएपछि स्वाब संकलन गराएका छन्।

५० जना मध्ये वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका एक जना  ३२ वर्षीय भारतीय नागरिक, ग्लोबल आईएमई बैंकका ४३ वर्षीय पुरुष कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, जितपुरसिमरा उपमहानगरको क्वारेन्टाइनमा कार्यरत एक चिकित्सको कन्ट्रयाक्ट ट्रेसिङमा परेका १९ जनामा संक्रमण पुष्टि भएका छन्।

उनीहरु जितपुरसिमरा उपमहानगरको १४, १५, १६, १७, १८, १९, २१, २२, २५ का बासिन्दा हुन्। जितपुरस्थित नेपाली सेनाका २८ वर्षीय सिपाही पनि कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बारा विश्रामपुरका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: : 2020-08-14 11:38:51

प्रतिकृया दिनुहोस्