पछिल्लो ६ घण्टादेखि देशका कतिपय स्थानमा लगातार वर्षा भइरहेको र यो क्रम अझै जारी रहेकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका केही क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
लगातार वर्षाले कान्द्रा, मोहना, खुटिया, सुहेली, चौधरा र अन्य साना खोलाहरुमा आकश्मिक बाढी आउनसक्ने र होचा ठाउँमा डुबान हुन सक्ने भएकोले सतर्क रहन विभागले आग्रह गरेको छ।
श्रावण ३० गते बिहान ६ः१५ बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 14, 2020
बर्दिया,केलाली,कञ्चनपुर जिल्लाका केही क्षेत्रमा पछील्लो ६ घण्टा भारी वर्षा र थप बर्षाको सम्भावना कान्द्रा,मोहना,खुटिया,सुहेली,चौधरा र साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने र होचा ठांउमा डुबान हुन सक्ने बिहान सतर्क रहौं।
जल तथा मौसम विज्ञान विभाग ।
यता देशभर शुक्रबारको मौसममा सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १ ,बाग्मती प्रदेश , प्रदेश नम्बर ५ र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।