काठमाडौं । पहिलो चरणको देशव्यापी लकडाउनका कारण निर्माणमा ढिलाइ भएको नागढुंगा- सिस्नेखोला सुरुङ मार्ग निर्माणको काम केही दिन अघिदेखि मात्रै सुरु भएको छ । तर, फेरि निर्माण कार्य अवरुद्ध हुनसक्ने सरकारी अधिकारीले बताएका छन् । कोरोना संक्रमणको संख्या बढ्दै जाँदा फेरि लकडाउनको घोषणा गरिए निर्माण कार्य अवरुद्ध हुने अधिकारी बताउँछन् ।
“अहिले त निर्माण कार्य सुरु भइरहेको छ । तर, लकडाउन घोषणा भयो भने निर्माण कार्य रोकिन्छ” सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले बताए । “लकडाउन कति खेर हुने हो थाहाँ छैन, तर काम भईरहेको छ” उनले भने । सुरुङमार्ग निर्माणका लागि हाल करिब १ सय ५० जना कामदार संलग्न रहेको उनले जानकारी दिए । काठमाडौं र धादिङमा पर्ने यो सुरुङमार्ग निर्माण कार्य केही दिन अघिदेखि मात्रै सुरु भएको थियो ।