फिल्म निर्माता महेश भट्टको सडक–२ सिक्लेवमा धार्मिक आस्थामा चोट पुर्याएको भन्दै विश्व हिन्दु महासंघले गम्भीर आरोप लगाएको छ। उसले हिन्दु विरोधी फिल्म बनाएको आरोप महेश भट्ट माथि लगाएको हो।
सडक फिल्म सन् १९९१ मा रिलिज भएको थियो। यसको सिक्वेलमा सञ्जय दत्त एउटा ट्राभल एजेन्टको भूमिकामा छन्।
सडक–२ मा आलिया भट्ट तथा आदित्य रोय कपुरको पनि अभिनय छ। यस फिल्ममा जोगीहरूलाई खराब देखाएको हिन्दु महासंघको आरोप छ।
महासंघले केन्द्र सरकारलाई कार्यवाही गर्न आग्रह गरेको छ। फिल्मको पोस्ट रिलिज भएपछि महासंघका प्रवक्ता विजय शंकर तिवारीले लेखेका छन्, ‘महेश भट्टले निर्देशन गरेको फिल्म सडकले एक पल्ट फेरि हिन्दु आस्थामा चोट पुर्याएको छ।’ उनले भट्टले परिवारवादलाई प्रसय दिएको पनि आरोप लगाए।
महेश भट्टको नाम हालै अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा जोडिएर आएको थियो।
उनले मुम्बई प्रहरीले छानवीन गर्नुअघि नै सुशान्तले आत्महत्या गरेको र उनी डिप्रेसनमा भएको दावी गरेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया