‘स्याड न्युज। मलाई कोरोना पोजेटिभ देखायो। तिमीले पनि एकपटक टेस्ट गराउने कि?’
साउन २० गते बिहान ११ बजेतिर एक जना दाइले ट्विटरमा म्यासेज गर्नुभयो। उहाँले अन्य साथीसँग पनि भेट भएको र आफूले खबर गर्न आँटेको थप्नुभयो।
यति पढिसक्दा मेरो मुख सुक्न थालिसकेको थियो। त्यसको २ दिनअघि उहाँसँगै चिया पिएको थिएँ। खाजा खाएको थिएँ। त्यतिबेला मास्क त लगाइएको थियो तर यो खबरपछि मनमा डरले अत्याउन छाडेन।
उहाँसँग भेटेपछि मैले भेटेका मान्छेहरूको अनुहार झल्झल्ती आँखामा आए। यदि मलाई पनि कोरोना संक्रमण भएको रहेछ र मेरै कारणले अरुलाई पनि सरेको रहेछ भने? उनीहरुलाई केही भयो भने? हजार प्रश्नहरू आफैंसँग ठोक्किन थाले।