एजेन्सी
स्पेनिस क्लब भिल्ला रियलले ताकेफुसा कुबोलाई लोनमा अनुबन्ध गरेको छ। जापानी युवा स्टारलाई ला लिगा च्याम्पियन रियल मड्रिड लोनमा भिल्लामा पठाएको हो।
आर्सनलका पूर्वप्रशिक्षक तथा नवनियुक्त प्रशिक्षक युनाइ इमेरीको सुझावमा भिल्लारियलले १९ वर्षीय युवा कुबोलाई सोमबार एक सिजनका लागि लोनमा अनुबन्ध गरिएको जनाएको छ।
योसँगै कुबोले २०२१ को ३० जुनसम्म भिल्लाबाट खेल्नुपर्ने छ। केही दिनमा नै भिल्लाले कुबोलाई सार्वजनिक गर्ने बताएपनि यसबारे दुवैले औपचारिक जानकारी दिएका छैनन्।
जापानिज मेसीको नाममा परिचित कुबो बार्सिलोना एकेडमीका उत्पादन हुन्। उनलाई रियलले गत सिजनमात्र भित्र्याएको थियो।
क्लबमा लिएपनि पहिलो सिजननै बार्सिलोनाले लोनमा मार्लोका पठाएको थियो। मार्लोका यो सिजन रेलिगेसनमा परेपछि कुबोलाई रियलले फिर्ता बोलाउने चर्चा समेत चलेको थियो, तर अझै केही सिजन बाहिरि वातावरणमा हुर्कन दिने र कम्तिमा २ सिजनपछि रियल ल्याउने क्लबको जनाएको छ।
उनले जापानको शीर्ष डिभिजन क्लब टोकियो एफसीबाट समेत खेलिसकेका छन् भने जापानको राष्ट्रिय टोलीमा हालै डेब्यु गरेर कोपा अमेरिका खेल्ने जापानिज टोलीमा रहेका थिए।
अट्याकिङ मिडफिल्डर कुबोले जुन ९ मा भएको एल साल्भाडोरविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए।
उनीमाथि ग्रानडा, ओसासुना र सेल्टाभिगोले नजर लगाएको बताइन्छ। उनले यो सिजन ला लिगामा ३५ खेल खेल्दै चार गोल र पाँच असिस्ट गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया