‘मालिक थिएँ, कोरोनाले फेरि कामदार बनाइदियो’

काठमाडौंको बौद्धमा रहेको प्रोडक्ट नेपालमा काम गर्ने पोखरेल दाजुभाइ दुई जना मिलेर ‘आउटर ज्याकेट’ बनाउने काम गरेको डेढ वर्ष भयो । झोला व्यापार गर्ने काममा केही समय काम गरिसकेपछि आफैंले ज्याकेट सिलाउने काममा काम सुरु गरेको डेढ वर्षसम्म दाजुभाइ मिलेर गरेको कामबाट राम्रै व्यापार भएपछि उनका छिमेकीले पनि आउटर ज्याकेट बनाउने काम सुरु गरे । लकडाउन अघिसम्म एउटै टोलमा झण्डै ९ जनाको टोली सो काममा सक्रिय थियो ।

काम सुरु भएपछि दाजुभाइमा कामको पनि विभाजन भयो । भाइ सन्दीपले मार्केटिङको जिम्मा लिए भने प्रदीपले ज्याकेट बनाउने काम गर्ने गरेका थिए । काम चल्दै थियो, ज्याकेटको लागि चाहिने कच्चा सामग्री ठमेलबाट ल्याउने गर्थे । त्यसलाई सिलाइबुनाइ गरेपछि अनलाइन या अरू सम्पर्क सूत्रबाट खरिदकर्ता खोजेर सन्दीपले बिक्री गर्ने गर्थे ।

प्रकाशित मिति: : 2020-08-10 19:22:12

प्रतिकृया दिनुहोस्